site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा दामनमा सबैभन्दा बढी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा मकवानपुरको दामनमा सबैभन्दा बढी वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्वचालित मापन केन्द्रको तथ्यांकानुसार मंगलबार (हिजो) बिहान पौने १० बजेदेखि आज बिहान पौने १० बजेसम्म दामनमा ८०.४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

यो अवधिमा लमजुङमा ७९ मिलिमिटर, सिन्धुलीमा ७४.६, उदयपुरमा ५१ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए ।

यस्तै, काठमाडौंको एयरपोर्टस्थित केन्द्रमा ४९.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उनका अनुसार आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । काठमाडौंमा पनि अपराह्नपछि वर्षाको सम्भावना रहेको उनले बताए ।

“काठमाडौंमा पनि अपराह्नपछि वर्षाको सम्भावना छ । काठमाडौंमा राति पनि वर्षाको सम्भावना देखिन्छ,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro