site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसम विभागलाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरेको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा आज मनसुन प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका केही भागमा वर्षा सुरु भइसकेको छ । यद्यपि, यो मनसुन हो कि होइन अध्ययन भइरहेको विभागले जनाएको छ । 

“पानी पर्दैमा मनसुन हुँदैन । त्यही भएर हामी पूर्वी नेपालमा भइरहेको वर्षाबारे अध्ययन गरिरहेका छौँ । सम्भवत आज मनसुन भित्रिन सक्छ,” मौसमविद् वरुण पौडेलले भने, “यसबारे हामी आज औपचारिक जानकारी गराउने छौँ ।”  

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति १३ जुन हो । औसत मितिमा नेपालमा मनसुन प्रवेश गरेको भए हिजो बाट मनसुन सुरु हुन्थ्यो । तर, यो औसत मिति भएकाले यो भन्दा केही दिन अगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना हुन्छ । यो वर्ष औसत मितिभन्दा ढिलो भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?

Global Ime bank

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा आज पनि अत्याधिक गर्मी हुने सम्भावना यथावत् रहको विभागको भनाइ छ । अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement