site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार अर्बभन्दा बढीको कारोबार : उत्पादन र प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक ३४.१७ अंकले वृद्धि भएर २०२०.६४ विन्दुमा बन्द भएको छ । चार अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से र कारोबार रकम बढेसँगै उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ ।

सोमबारको तुलनामा कारोबार रकम एक अर्ब २४ करोड रुपैयाँले बढेको छ । सोमबार दुई अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबार कित्ता पनि बढेको छ । २७० धितोपत्रको एक करोड आठ लाख एक हजार ६९३ कित्ता खरिद–बिक्री भएको छ । सोमबार २८५ धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता खरिद–बिक्री भएको थियो ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटेलको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रभु स्मार्ट फन्डको इकाइ मूल्य ३.९३ प्रतिशतले घटेको छ । सोमबार यो फन्डको इकाइ मूल्य १० प्रतिशतले घटेको थियो ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २७ करोड ६६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro