site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आफ्नो इतिहासकै सबैभन्दा ठूलो अभ्यास गर्दै नेटो

काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले आफ्नो इतिहासकै सबैभन्दा ठूलो वायु सैन्य अभ्यास सुरु गरेको छ । नेटोका सदस्य र साझेदारबीच एकता प्रदर्शन गर्ने अभ्यासका रूपमा यसलाई हेरिएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोले सैन्य गतिविधि झनै बढाएको छ ।

जर्मन वायुसेनाको नेतृत्वमा सोमबारदेखि 'एयर डिफेन्डर २३' नाम दिइएको अभ्यास सुरु भएको हो ।

अभ्यासमा जापान र नेटोको आवेदक स्विडेनलगायत २५ वटा साझेदार देशका करिब २५० सैन्य विमान संलग्न रहने जर्मन वायुसेनाले जनाएको छ ।

जुन २३ सम्म चल्ने अभ्यासमा १० हजार भन्दा बढी सैनिकले भाग लिइरहेका छन् ।

नेटोका सदस्य मुलुकमा आक्रमण भएमा ड्रोन र क्रुज मिसाइलको रक्षा गर्ने र संकटका बेला अन्तरसञ्चालन र तयारीलाई बढावा दिन अभ्यास आयोजना गरिएको बताइएको छ ।

जर्मन लुफ्टवाफे (वायुसेना)का लेफ्टिनेन्ट जनरल इन्गो गेर्हार्ट्जले सोमबार भनेका छन्, "हामीले पठाएको महत्त्वपूर्ण सन्देश भनेको हामी आफ्नो रक्षा गर्न सक्छौँ भन्ने हो ।"

करिब ७५ वर्षअघि सन् १९४९ मा सोभियत संघलाई टक्कर दिन पश्चिमी सैन्य गठबन्धन नेटोको स्थापना गरिएको थियो । यसका कुनै एक सदस्यमाथि आक्रमण भएमा त्यसको रक्षा गर्न सबै सदस्य मुलुकहरू लड्न जान्छन् ।

अल्जजिराबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro