site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से बढ्यो, कारोबार घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएको हो । तर, करोबार रकम भने घटेको छ ।

आइतबार तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २८५ धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता खरिदबिक्री भएको छ । आइतबार ९५ लाख २८ हजार २५५ कित्ता खरिदबिक्री भएको थियो ।

आज अभियान लघुवित्त वित्तीय संस्था र कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल र चन्द्रागिरि हिल्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज प्रभु स्मार्ट फन्डको इकाइ मूल्य भने १० प्रतिशतले घटेको छ ।

आज सोल्टी होटलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा हिमालयन डिस्टिलरी रहेको छ । यस कम्पनीको १० करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह रहेको छ । यस समूहको परिसूचक १०.७८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । त्यस्तै, परिसूचक सार्वाधिक घट्नेमा फाइनान्स समूह ०.९६ प्रतिशत रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro