देश
बागलुङ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै ४० हजार रुपैयाँ जरिवाना समेत भराउन आदेश दिएको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।
रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको भन्दै पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई घरबाटै गिरफ्तार गरेको थियो । भदौ १३ मुद्दा दर्ता गरिएको थियो । रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्