site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्सबक्स लाइभ’ प्रकरण सुल्झाउन साढे दुई अर्ब रुपैयाँ तिर्दै माइक्रोसफ्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । माइक्रोसफ्टले बालबालिकाको तथ्यांक संकलन गरेको आरोप सुल्झाउन गर्न दुई करोड अमेरिकी डलर तिर्ने भएको छ ।

कम्पनीले आफ्नो एक्सबक्स गेमिङ सेवामार्फत गैरकानुनी रूपमा बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गरेको अमेरिकी सरकारको आरोप छ । यसैको समाधानका लागि भएको सम्झौताअनुरुप दुई अर्ब ६० करोड नेपाली रुपैयाँभन्दा बढी तिर्न कम्पनी तयार भएको हो ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार माइक्रोसफ्टले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको तथ्यांक सङ्कलन गरेको थियो । त्यो जानकारी कम्पनीले अभिभावकलाई गराएको थिएन ।

माइक्रोसफ्टले एक्सबक्स लाइभमार्फत अकाउन्ट बनाएका र अकाउन्ट नै नबनाएका लाखौं बालबालिकाको निजी जानकारी वर्षौंसम्म राखेको आरोप छ ।

एक्सबक्समा प्रयोगकर्ताले आफू १३ वर्षभन्दा मुनिको भन्दा पनि फोन नम्बरसहितका अन्य व्यक्तिगत जानकारी उपलब्ध गराउन र माइक्रोसफ्टको सेवा सम्झौता र विज्ञापन नीतिमा सहमति जनाउन अनुरोध गर्दै आएको थियो ।

माइक्रोसफ्टले एक विज्ञप्तिमा जारी गर्दै अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)सँग यो सम्झौता पुगेको बताएको छ ।

अकाउन्ट बनाउने प्रक्रिया अद्यावधिक गर्न र आफ्नो प्रणालीमा फेला परेको तथ्यांक ‘रिटेन्सन’ गल्तीलाई समाधान गर्न आदेशको पालना गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro