देश
काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा जिल्लाको बिछिया केन्द्र बनाएर भूकम्प गएको हो ।
४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्र भूकम्पको जोखिम क्षेत्रको रुपमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०८:४०
प्रतिक्रिया दिनुहोस्