site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतमा गेरुवस्त्र लगाएर प्रधानमन्त्री जनतालाई देखाउन पशुपति जानुभयो : लिङ्देन
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए । प्रधानमन्त्रीले भारत भ्रमणमा भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलोपटक पुगेर नेपालीहरुलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेका बताए ।

Dabur Nepal
NIC Asia

कसैलाई चित्त बुझाउनका लागि पशिुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको उनको भनाइ छ । प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने उनले बताए । राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने उनले बताए । 

“नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि, भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ,” उनले भने, “अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँछ । त्यसबेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ ।”

अध्यक्ष लिङ्देनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पारे । हिन्दु राष्ट्र देशको लागि आवश्यक कुरा भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu