site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीकै मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतिततोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य गत शुक्रबार प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्