site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिग जित्दै सिटी बन्यो ट्रेबल उपाधि जित्ने दोस्रो इङ्लिस क्लब

काठमाडौं । स्पेन मिडफिल्डर रोड्रीले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर सिटीले शनिबार राति इन्टर मिलानलाई १–० ले हराउँदै यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

यससँगै सिटीले ट्रेबल उपाधिको दुर्लभ सफलता हासिल गर्न सफल भएको छ । र, घरेलु लिगको दबदबा तोड्दै युरोपियन लिगमा पनि आफ्नो बर्चश्व बढाउन सफल भएको छ ।

इङ्लिस क्लब सिटीले युरोपेली फुटबलको सबैभन्दा मनमोहक उपाधि जितेको यो पहिलोपटक हो । इटालियन क्लब इन्टरको प्रतिरोध तोड्न रोड्रीले ६८औँ मिनेटमा गरेको निर्णायक बन्यो । बर्नान्डो सिल्भाको ‘कट ब्याक’मा रोड्रीले हानेको प्रहारलाई इन्टरका गोलकिपर आन्द्रे ओनानाले रोक्न सकेनन् ।

Dabur Nepal
NIC Asia

त्यसपछि पनि इन्टरले सिटीलाई दबाब दिएको थियो । तर, सिटीका गोलकिपर एडरसनले अन्तिम समयमा दुई उत्कृष्ट बचाउ गरेका थिए । ८८औँ मिनेटमा रोमेलु लुकाकुले ६ यार्ड बक्सबाट हानेको प्रहारलाई एडरसनले गोललाइनबाट खुट्टाले बचाएका थिए । त्यस्तै, इन्जुरी समयमा रोबिन गोसेन्सको हेडिङलाई एडरसनले पञ्च गरेर बचाएका थिए ।

एडरसनको उक्त बचाउसँगै रेफ्री सिमोन मासिर्चनकले समय सकिएको सिटी बजाएका थिए । त्यससँगै सिटीका खेलाडीहरू अतातुर्क रंगशालामा समर्थकतर्फ दौडिएका थिए । र समथकसँग खुशी साटेका थिए ।

“भाग्यमानी पनि हुनुपर्छ ... । यो ताराहरूमा लेखिएको थियो। त्यो हाम्रो लागि थियो,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, “यो सफलतासँगै हामीले ट्रेबल उपाधि जितेका छौं । जुन धेरै कठिन थियो ।’’

सिटीले सन् १९७० मा युरोपियन कप विनर कप उपाधि जितेको थियो । त्यसयता सिटीले पहिलोपटक युरोपियन क्लब फुटबलको उपाधि मात्र जितेको छैन, सिटी ट्रेबल उपाधि जित्ने दोस्रो इङ्लिस क्लब बनेको छ । सिटीले यसअघि इङ्लिस प्रिमियर लिग र एफए कपको पनि उपाधि जितेको थियो । इङ्ल्यान्डमा यस्तो सफलता यसअघि म्यानचेस्टर सिटीले १९९९ मा हासिल गरेको थियो ।

इन्टर भने चौथो पटक उपाधि जित्ने लक्ष्यमा थियो । इन्टरले ग्वार्डिओलाको टिमलाई अन्तिम समयसम्म दबाब पनि दियो । तर, सफलता भने हासिल गर्न सकेन । पहिलो हाफमा सिटीका मिडफिल्डर केभिन डी ब्रुयना घाइते भएपछि इन्टरले दबाब बढाएको थियो । दुई वर्षअघिको फाइनलमा चेल्सीसँग पराजित हुँदा पनि डी ब्रुयना घाइते भएका थिए । इन्टरका रक्षापंक्तिले ‘गोल–मेसिन’को उपमा पाएका इर्लिङ ब्राउट हालान्डलाई पनि खुलेर खेल्द दिएका थिएनन् । त्यस्तो अवस्थामा रोड्रिले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो ।

“भावनात्मक क्षण रह्यो । एउटा सपना साकार भयो। मलाई थाहा छैन यहाँ वरपरका यी सबै जना कति वर्षदेखी यस क्षणको पर्खाईमा थिए । आज हामी यस जितका लागि हकदार थियौं,’’ सिटीका रोड्रिले बीटी स्पोर्टसँग भने ।

खेल सकिएपछि खेलाडीले प्रशिक्षक ग्वार्डिवलाले खेलाडीहरूलाई अँगालो हाले । सिटीका फ्यानहरूले शेख मन्सुरको नाममा नारा लगाए। २००८ मा मन्सुरले क्लबको स्वामित्व लिएपछि सिटीलाई शृंखलावद्ध रुपमा उपाधि जित्न सफल भएको छ ।

“यो सजिलो थिएन। हामीले कस्तो टिमको सामना ग¥यौं । उनीहरू रक्षापंक्ति र काउन्टर अट्याकमा बलियो थियो । फाइनल यस्तै हुन्छ। भावनात्मक हुन्छौँ, अत्तालिन्छौँ । तर, आज हामीले जनावरहरूले जस्तै प्रतिस्पर्धा गर्यौं,’’ रोड्रीले थपे ।

युनाइटेड अरब इमिरेट्स (यूएई)का शेख मन्सुरले २००८ मा सिटीको स्वामित्व लिएपछि क्लबले १७ वटा उपाधि जितेको छ । तथापी २००९ पछि क्लबमाथि प्रिमियर लिगको वित्तिय नियम उल्लंघन गरेको थुप्रै आरोप लागेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro