site stats
बाह्रखरी :: Baahrakhari
खेल
मध्यपुरले जोगायो ‘बी’ डिभिजन क्लबको हैसियत

काठमाडौं । बाँसबारी क्लबविरुद्ध १–० को जित निकाल्दै मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन क्लबको हैसियत जोगाएको छ । आइतबार (जेठ ४) सातदोबाटोस्थित एन्फा मुख्यालयमा तीन अंक जोड्दै मध्यपुरले रेलिगेसन जोनमा रहेको टुसाल युवा क्लबसँग चार अंकको अग्रता बनाएको हो ।

अब मध्यपुरले लिग चरणको अन्तिम खेल १४औँ स्थानको नयाँबस्ती युवा क्लबसँग खेल्नेछ । उक्त खेलमा पराजित भए पनि मध्यपुर रेलिगेसन क्षेत्रबाट सुरक्षित छ । 

आइतबार मध्यपुरको जितमा साहिल केसी निर्णायक बने । खेलको ६५औँ मिनेटमा साहिलले गोल गरेका थिए ।

जितसँगै मध्यपुर नवौँ स्थानमा उक्लिएको छ । १२ खेलमध्ये पाँच हार, चार जित र तीन बराबरीबाट मध्यपुरले १५ अंक जोडेको छ ।

पराजित बाँसबारीले समान अंक बनाए पनि गोलअन्तरका आधारमा आठौँ स्थानमा छ । बाँसबारीले पाँच जित र सात हार व्यहोरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्