site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्सले जोगायो ‘ए’ डिभिजन लिगको हैसियत 

काठमाडौं । आफ्नो अन्तिम खेलमा विभागीय टिम एपीएफ क्लबविरुद्ध ४–० को सहज जित निकाल्दै फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबको हैसियत कायम राखेको छ । 

फ्रेन्ड्ससँग लज्जास्पद हार व्यहोरेको एपीएफ भने रेलिगेसन क्षेत्रमा परेको छ । एपीएफ भने अब रेलिगेसन क्षेत्रबाट उठ्न थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेलमा निर्भर छ ।

Dabur Nepal
NIC Asia

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकास थापा, रफिक एमिनु र अक्रारब्रेकले समान एक गोल गरे ।

खेलको १५औँ मिनेटमा जेब्रिनले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । ३१औँ मिनेटमा विकासले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता दोब्बर पा¥यो । पहिलो हाफमा दुई गोल गरेको फ्रेन्ड्सले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो । 

७१औँ मिनेटमा एमिनुले गोल गर्दै फ्रेन्ड्सको अग्रतालाई ३–० मा पुर्‍याए । यस्तै, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा अक्रोरबेक टिमका लागि चौथो गोल गरेपछि फ्रेन्ड्सले सहज जितसँगै ‘ए’ डिभिजन लिग क्लबको हैसियत पक्का गर्‍यो ।

लिगमा २६ खेलबाट ३० अंक जोडेको फ्रेन्ड्स यो जितसँगै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा रहेको थ्री स्टार क्लबभन्दा एक अंक माथि छ । हाल रेलिगेसन क्षेत्रमा थ्री स्टार र खुमलटार छन् । फ्रेन्ड्ससँगको हारपछि १२औँ स्थानमा झरेको एपीएफ क्लबको भने ३० अंक छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro