site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक मिनेट मौनधारण गरेपश्चात श्रेष्ठले भने– प्रधानमन्त्रीज्यू नांगै नहिँड्नूस्
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) संसदको रोस्टममा उभिएर मौनधारण गरेका छन् । 

शुक्रबारको संसद् बैठकमा बजेट माथिको छलफलमा बोल्ने क्रममा उनले बजेटले मधेस र यहाँको समुदायलाई उपेक्षा गरेको विरोधमा एक मिनेट मौन धारण गरे । 

Dabur Nepal
NIC Asia

उनले बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाएका हुन् । 

“अहिलेको बजेटमा मधेस/मधेसी र मधेसमा बसोबास गर्नेलाई अपमान भएको छ,” उनले भने, “मन्त्री म पनि भएको हो । एकपटक बजेट मैले पनि ल्याएको हो । तर नांगो रूपमा यसरी नहिँड्नुहोस् । प्रधानमन्त्रीज्यू यो कुरालाई कन्ट्रोल गर्नुहोस् नांगै नहिँड्नुहोस् । तपाईहरूको मात्र निर्वाचन क्षेत्र छैन हाम्रो पनि निर्वाचन क्षेत्र छ हामीले पनि चुनाव जितेर आएको हाम्रो क्षेत्रमा विकास गर्र्नुछ ।” 

सत्तासाझेदार दल भएपनि बजेट यथास्थितिमा पास हुन नदिने भन्दै नेकपा (एकीकृत समाजवादी) बजेटको विपक्षमा उभिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu