site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशमा सत्तारूढसहित पाँच सांसदले दर्ता गराए संशोधन प्रस्ताव

जनकपुरधाम । मधेस प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पाँच सांसदले संशोधन प्रस्ताव प्रस्ताव दर्ता गराएका छन् । गएको मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तारूढसहित पाँच सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य माला कर्ण, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजकुमार लेखी, नेपाल संघीय समाजवादीकी सांसद विमला अन्सारी, राप्रपाका सांसद कञ्चन विच्छा र स्वतन्त्र सांसद प्रमोद जयसवालले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

एमाले सांसद लेखीले विगतकै नीति तथा कार्यक्रमलाई सरकारले कपी पेस्ट गरेको आरोप लगाए । प्रदेशमा बजेटको खर्च अवस्थाले नीति तथा कार्यक्रमको कार्यान्वयनमाथि उनले शंका व्यक्त गरे ।

“हामी बजेट खर्च गर्न सक्दैनौँ, तर केन्द्रलाई गाली गर्छौँ । के हामीलाई ४५ प्रतिशतभन्दा बढी खर्च नगर्न केन्द्रले निर्देशन दिएको छ र ?,” उनले भने ।

नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नहुने गरेको उनले उल्लेख गरे । “नीति तथा कार्यक्रम एउटा दिशामा हुन्छ, बजेट अर्कोमा । फेरि, कार्यान्वयनसम्म पुग्दा तेस्रै बाटो लिइसकेको हुन्छ,” उनले भने ।

सरकार आफैँले बनाएको केही कार्यालय र आयोग खारेज गर्ने कुराले संघीयता धरापमा पर्न सक्ने भन्दै उनले ध्यानकर्षण गराए ।

सांसद अन्सारीले नीति तथा कार्यक्रममा सरकारलाई समर्थन गरेका दललाई नै उपेक्षा गरिएको बताइन् । आदिवासी, जनजाति र मुस्लिम समुदायको विकासका लागि आयोग गठन गर्न उनले माग गरिन् ।

“किसानको लागि कृषक परिचयपत्र बनाउनुपर्छ । २५ वर्ष कृषि पेसा गरेका किसानको लागि पेन्सनको व्यवस्था गर्नुपर्छ,” उनले भनिन्, “प्रदेशभित्रको मदरसालाई शिक्षाको मूलधारमा ल्याउनुपर्छ ।”

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro