site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेले मागे माफी : मुर्रा भैँसीको बहसप्रति क्षमायाचना 
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्मा माफी मागेका छन् । मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन् ।

“हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौँ ? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् वा अरूबाट आएका हुन्, हामी लज्जित छौँ,” लामिछानेले भने, “यो सदन भैँसी–राँगाका विषयमा मात्र छलफल गर्ने हो भने हामीले पाँच वर्षमा गोबर मात्र प्राप्त गर्नेछौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि नेकपा एमाले)लगायत दलका सांसदले विभिन्न विषयमा संसद्मा विरोध जनाएका थिए । त्यही बहसमा रास्वपा पनि समाहित भएको थियो । सो क्रममा रास्वपाका एक सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो ।

KFC Island Ad
NIC Asia

“सभामुख महोदय, प्रधानमन्त्री भारत भ्रमणबाट प्लेन चढेर पोखरा झर्नुहुन्छ भनेको उहाँ त भैसी चढेर आउनुभयो,” रास्वपा सांसद शिशिर खनालले भनेका थिए । खनालले त्यसो भनेपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि एमालेसँगै उनलाई बोल्न नदिन रास्वपाका सांसदहरूले समेत हुटिङ गरेका थिए ।

नियमापत्ति स्वीकार गर्दै सभामुख देवराज घिमिरेले खनालको ‘भैँसी चढेर प्रधानमन्त्री भारतबाट आएको’ भन्ने अभिव्यत्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

Royal Enfield Island Ad

सभामुखले दिएको निर्देशन प्रतिनिधिसभा नियमावलीको व्यवस्था नै उल्लंघन हुने गरी सभापति लामिछानेले अवज्ञा गरेका थिए ।

“सभामुख महोदय, भँंसी चढेको विषय प्रधानमन्त्रीले पहिले भनेपछि हाम्रो सांसदले भन्नुभएको हो,” प्रतिवाद गर्दै गएको सोमबारको बैठकमा  लामिछानेले भनेका थिए, “सांसदले बोलेको हटाउने, प्रधानमन्त्रीले बोलेको नहटाउने कुरा मान्य हुँदैन ।”

संसद् सञ्चालनमै हम्मेहम्मे भएका बेला लामिछानेले त्यसो भनेपछि सभामुखले सबै अभिव्यक्ति हटाउन निर्देशन दिएको बताएका थिए । पछि संसद् सचिवालयका अधिकारीले प्रधानमन्त्रीका अभिव्यक्ति रेकर्डबाट हटाउन दिने विषय संसदीय मर्यादामा नपर्ने जानकारी गराएका थिए । त्यसपछि सभामुखले सच्याएका थिए ।

संसद्को मर्यादा नै नरहने गरी भएका गतिविधिको चौतर्फी आलोचना गरिएको थियो । त्यसको चार दिनपश्चात् लामिछानेले क्षमायाचना गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro