site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज अधिवक्ता श्रेष्ठले बहस गर्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको तर्फबाट बहस जारी रहनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । 

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘२८ करोडको प्रकरणमा टोपबहादुरले जम्मा ४० लाखले मान्थे होला त श्रीमान् !’

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका थिए । भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरू विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरेका थिए ।

Global Ime bank

अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रूपमा अधिवक्ताहरू विनोद शर्मा, चुडामणि पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा उठाइयो अभियुक्तको मानव अधिकारको सवाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC