site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा उठाइयो अभियुक्तको मानव अधिकारको सवाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस चलिरहेको छ । मंगलबारसम्म सरकारी वकिल र जाहेरवालाको बहस सकिएपछि बुधबारबाट अभियुक्ततर्फको बहस सुरु भएको छ ।

अभियुक्ततर्फको बहस सुरु भएपछि वकिलहरूले अभियुक्तहरूलाई पीडितका रूपमा प्रस्तुत गरेका छन् । अभियुक्त मध्येका टंक गुरुङलाई होटेल व्यवसाय गर्ने, कुकको कामसमेत आफै गर्ने र मिठो खाना भएका कारण अभियुक्तहरू जान जाने गरेकै कारण अभियुक्त बनाइएको दाबी वकिलहरूले गरेका छन् ।

यस्तै मुख्य योजनाकारमध्येका भनेर अभियोग लगाइएका सानु भण्डारीलाई प्रहरीले मध्यरातमा उठाएर तर्साएर अभियोगपत्रमा हस्ताक्षर गर्न लगाएको वकिलहरूको दाबी छ ।

वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले प्रहरी र सरकारी वकिलले अभियोगपत्रमै सीमा नाघेर शब्दको प्रयोग गरेको दावी गरेका छन् ।

“मेरो पक्षका सानु भण्डारीलाई मध्यरातमा उठाएर लगेर अभियोगपत्रमा हस्ताक्षर गराइएको छ । हिरासतमा पनि न्युनतम मानवधिकार मापदण्डको त पालना हुनुपर्छ नि हैन श्रीमान्,” वरिष्ठ अधिवक्ता रिजालले भने, “अभियोगपत्रमा अपराधी भनेर उल्लेख गरिएको छ । अभियोग लगाइएको छ नाइके भनिएको छ ।”

सरकारी वकिलले पनि प्रहरीको भाषा टिपेर अभियोगपत्र बनाउनु दुःखद पक्ष भएको उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता रिजालले अहिले दायर गरिएको अभियोगपत्र प्रमाणमा भन्दा पनि भावनामा ज्यादा बगेको भन्दै यस्ता अभियोगपत्रबाट थुनामा पठाउँदा अन्याय हुने दाबी समेत गरे ।

“यो अभियोगपत्रले अभियुक्तहरूलाई थुनामा पठाए ठूलो विडम्बना हुन्छ श्रीमान्,” वरिष्ठ अधिवक्ता रिजालले भने, “त्यसैले साधारण तारेखमा राखेर अनुसन्धान हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro