देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न निर्देशन दिएको छ ।
महानगरभित्रका केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो ।
कतिपय कलेजहरुले कक्षा ११ को भर्नाका लागि विभिन्न कार्यक्रमहरु राखेर विज्ञापन गर्न थालेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १५:२७
प्रतिक्रिया दिनुहोस्