site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नारायणी अस्पतालमा दश करोडको एमआरआई मेसिन ३० करोडमा किनेर थन्क्याइयो : सांसद मैनाली 
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले नारायणी उपक्षेत्रीय अस्पतालमा दश करोड पर्ने मेसिन ३० करोडमा किनेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मैनालीले तीन गुण बढी मूल्य तिरेर ल्याइएको एमआरआई मेसिन तीन महिनादेखि प्रयोगविहिन रहेको बताए ।
 
“संघीय स्वास्थ्य मन्त्राय र प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद गरिएका सामग्री प्रयोग विहिनअवस्थामा छन्,” मैनालीले भने, “नारायणी अस्पतालमा किनिएको एमआरआई मेसिन निजी क्षेत्रबाट किन्दा दश करोड पर्नेमा ३० करोडमा किनिएको छ ।” 

उनले त्यसरी किनिएको मेसिन तीन महिनादेखि प्रयोगविहिन अवस्थामा फालिएको बताए । उनले मधेसमा गर्मी ४३ डिग्रीमा पुगेको भन्दै पानीका मुहान सुकेका कारण थप समस्या भएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro