राजनीति
काठमाडौं । राप्रपा नेपालले नागरिकता विधेयकको विरुद्धमा सडक संघर्ष गर्ने भएको छ । राप्रपाका जनवर्गीय संगठनले संयुक्त रूपमा विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
शुक्रबार दिउँसो २ बजे काठमाडौंको बबरमहलमा हुने कार्यक्रम नागरिकता विधयेक, भ्रष्टाचार, संघीयताविरुद्ध केन्द्रित हुने छ ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै राप्रपा नेपालसहितका दलहरूले विरोध गरिरहेका छन् । यद्यपि नागरिकता विधेयक विरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्