site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा कार्कीको सरकार अल्पमतमा, अब कसको नेतृत्वमा ?
हिक्मत कार्की । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । योसँगै कोसी प्रदेश सरकार अल्पमतमा परेको छ ।

गएको पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले)का कार्कीलाई अब आफ्नो दलका ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र साथ छ । यसअघि, जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादीसहितको सरकार बनाउँदा कार्कीले ९३ मध्ये ६० सांसदको समर्थन प्राप्त गरेका थिए । केन्द्रमा भएको दलीय गठबन्धन फेरबदलसँगै अन्यत्र प्रदेशमा एमाले नेतृत्वको सरकार यसअघि नै ढलेका थिए । कोसीमा भने कार्कीले करिब ६ महिना सरकारको नेतृत्व गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार छाड्ने निर्णय गर्न विराटनगरमा माओवादी संसदीय दलका पदाधिकारी र पार्टी कमिटीको बैठक बसेको थियो । माओवादी कोसी प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, “केन्द्रमै गठबन्धन फेरबदल भएको अवस्थामा यहाँ मात्र एमालेलाई समर्थन दिइरहने भन्ने कुरै रहेन ।”

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको कोसी प्रदेशसभामा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । “सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्ने विषयमा प्रदेशसभा सचिवालयलाई पत्राचार गरिसकेका छौँ,” उनले भने ।

Global Ime bank

माओवादीबाट कोसी सरकारमा जीवन आचार्य पर्यटन, वन तथा वातावरण र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री थिए । आचार्यले यसअघि नै आफ्नो राजीनामापत्र बुझाइसकेका छन् ।

अब कोसीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने चर्चा सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । दलले गरेको निर्णयबारे कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, “गठबन्धनमा ठूलो दल हुनुको नाताले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने हो ।”

एमाले नेतृत्वको सरकार अल्पमतमा परेकाले अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने तर यसमा केन्द्रीय गठबन्धनको राय–सुझाव अनिवार्य रहेको उनको भनाइ छ ।

माओवादी केन्द्र पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छ । संसदीय दलको सोमबार बसेको बैठकबाट दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको थियो ।

माओवादी कोसी कमिटीका सचिव तथा प्रदेशसभा सदस्य उप्रेती भन्छन्, “यसअघिका सरकार गठन गर्न हरेकपटक माओवादीको साथ–समर्थन रहेकोले योपटक हाम्रो नेतृत्वमा सरकार बनाउने तयारी रहेको छ ।”

जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनपछि सदनबाट विश्वासको मत लिने बताएका थिए । कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न चाहिने बहुमत संख्या ४७ हो । अहिले यहाँ विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । यो संख्या ठिक्क सरकार गठन गर्न पुग्ने बहुमत हो ।

तर, माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख रहेकाले उनले निर्णायक मत दिन सक्ने प्रावधान छ । सरकार गठनका लागि अहिले दलविहीन अवस्थामा रहेका गौतमले राजीनामा दिन्छन् वा के गर्छन् भन्ने तय भइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC