राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्रीले दिएको जवाफमा संकाको सुविधा दिन सकिने बताएका छन् ।
अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पहिलो सहभागी बनेका नेता ओलीले करका दरमा भने प्रश्न रहेको बताए ।
“अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडा खतरनाक हुन्छन्,” ओलीले भने, “त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ ।”
उनले अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने संका गर्न सकिने बताए । एक हजार १०० गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले संका जन्माएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्