site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसका लागि जासुसी गरेका एफबीआई एजेन्टको अमेरिकी जेलमा मृत्यु

काठमाडौं । सोभियत संघ र रुसका लागि जासुसी गर्ने अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) एजेन्ट रोबर्ट ह्यान्सेनको मृत्यु भएको छ । सोमबार अमेरिकाको एउटा जेलमा उनी मृत फेला परेको बताइएको छ ।

सन् १९८० र ९० को दशमा ह्यान्सेनले रुसलाई गोप्य रूपमा निकै गम्भीर अमेरिकी सूचना उपलब्ध गराएका थिए ।

ह्यान्सनले सन् १९८५ मा सोभियत गुप्तचर निकायसँग जासुसीका लागि प्रस्ताव गरेका थिए । उनले अमेरिकी सरकारको गोप्य कुराको व्यापार सोभियत संघ र पछि रुससँग गरेका थिए । त्यसको बदलामा उनले हिरा र सयौँ हजार अमेरिकी डलर पाएका थिए ।

उनले एफबीआईको प्रमुख न्युयोर्क काउन्टर इन्टेलिजेन्स विभागमा काम गरेका थिए । अमेरिकामा रुसी एजेन्टको खोजी गरिँदा उनी आफूले गरिरहेको काम लुकाउन सफल भएका थिए ।

अन्ततः सन् २००१ को फेब्रुअरी १८ मा वासिंगटनको ठिकबाहिर भर्जिनियामा आफ्ना रुसी ‘ह्यान्डलर’हरूसँग सूचना आदानप्रदान गर्ने क्रममा उनी रंगेहात पक्राउ परेका थिए ।

एक वर्षपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । कोलोराडोको फ्लोरेन्सस्थित अमेरिकी जेलले एक विज्ञप्ति जारी गर्दै ७९ वर्षीय ह्यान्सेन सोमबार बिहान अचेत अवस्थामा भेटिएको र पछि उनलाई मृत घोषणा गरिएको जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro