site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको सूची काठमाडौं महानगरले गर्‍यो सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो ।

उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो ।

ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ । त्यसो नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिइएको छ ।

काठमाडौं महानगरको सूचना पढ्नोस्–

fakdsfmdg1686025284.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro