site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूचना जारी गर्दा समेत गर्मी बिदा नदिँदा...

बाँके । नेपालगन्जमा अत्यधिक गर्मी बढेको छ । त्यससँगै नेपालगन्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने सूचना टाँस गर्‍यो । तर, कतिपय विद्यालयले सूचनाको बेवास्ता गरे ।

उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा आइतबारदेखि नगर प्रहरी परिचालन गरिएको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आउँदो समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी आइतबारदेखि मंगलबार (जेठ २३)सम्म बन्द गर्ने सूचना जारी गरेको थियो ।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरिएको जनाउँदै आदर्श माध्यमिक विद्यालय, जयवागेश्वरी बोर्डिङ स्कुललगायत विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन गरिएपछि ती विद्यालयमा नगर प्रहरी पठाइएको हो ।

आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिक रूपमा २०० रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ । विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको जनाएको थियो । गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ विद्यालयका तर्फबाट दिइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए ।

नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागु हुने गरी गर्मी बिदा गरेका छन् । आदर्श माध्यमिक विद्यालयले अभिभावकलाई पठाएको ‘नोटिस’मा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आउँदो समयमा हुने बर्खे बिदा कट्टा हुने गरी यही जेठ २२ देखि २३ गते मंगलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro