site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयोजक म्यानम्यारविरुद्ध खेल्दै नेपाली महिला टिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टिम अहिले म्यानमार भ्रमणमा छ । नेपाली टिमले आज आयोजक म्यानम्यारविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । 

नेपालले छनोटको पहिलो चरणमा तत्कालीन घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो । समूह ‘बी’मा रहेको नेपालले शीर्ष स्थानमा रहेर दोस्रो चरणमा स्थान बनाएको हो । म्यानम्यार भने समूह ‘जी’को विजेता बन्दै दोस्रो चरणमा स्थान बनाएको टिम हो । पहिलो चरणमा म्यानम्यारले कम्बोडियालाई २–० र मलेसियालाई १–० ले हराएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

म्यानम्यार नेपालभन्दा तुलनात्मक रुपमा बलियो टिम हो । आज म्यानम्यारलाई घरेलु मैदानको पनि साथ हुनेछ । तर, नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले आफ्नो टिम जुन सुकै टिमलाई हराउन सक्षम रहेको बताएका छन् । एएफसी यू–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमणमा रहेको नेपाली टिमका प्रशिक्षक गुरुङले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् । 

“पहिलो चरणमा हासिल गरेको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ । नेपाल कुनै पनि टिमलाई हराउन सक्ने क्षमता राख्छ,’’ मंगलबार प्रतियोगिताको खेलमा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि नेपालका प्रशिक्षक गुरुङले भने, ‘‘हामी हरेक खेल जित्नकै लागि खैल्छौं । फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरू प्रतिद्वन्द्वी छन् । तर, हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।”

Global Ime bank

नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार साँझ ५Þः४५ बजे सुरु हुनेछ । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालले घरेलु टिम म्यानमारसँगै चीन र चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले जुन ८ मा चीनसँग र जुन १० मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC