site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामोसप्रेरित पीएसजीको सहज जित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोर्चुगिच फरवार्ड गोन्कालो रामोसको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

शनिबार राति मोन्टपेलिएरको मैदानमा पीएसजीलाई जित दिलाउन रामोसले तीन गोल गरे । अर्को एक गोल सेनी मायुलुले गरे । घरेलु टिमका टांगाई कौलीबालीले एक गोल फर्काएका थिए । 

खेलको ४४औँ मिनेटमा मायुलुले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रतामा राखेका थिए । ४९औँ मिनेटमा रामोसले गोल गर्दै अग्रता दोब्बर बनाए । ५९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई रामोसले नै सदुपयोग गरेपछि पीएसजीले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ६४औँ मिनेटमा घरेलु टिमका कौलीबालीले एक गोल फर्काए । त्यसको अर्को मिनेटमा नै रामोसले ह्याट्रिक पूरा गरेपछि पीएसजीले ४–१ को जित पक्का गरेको हो ।

जारी सिजन लिग वान च्याम्पियन बनिसकेको पीएसजीको यो २५औँ जित हो । लिग लिडर पीएसजीले ३३ खेलबाट ८१ अंक जोडेको छ । समान खेलबाट १६ अंकको मोन्टपेलिएर रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro