site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएलएसमा मियामीको फराकिलो हार  
Tiktok banner adTiktok banner ad

काठमाडौं । मेजर लिग सकर (एमएलएस)मा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले फराकिलो हार व्यहोरेको छ  । आइतबार बिहान भएको लिग खेलमा माइनेसोटासँग मियामी ४–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा माइनेसोटालाई जित दिलाउन बोंगोकुह्ले लोंगावान, एन्थोनी मार्कानिच र रोबिन लोडले गोल गरे । घरेलु टिमले अर्को एक गोल भने मियामीबाट आत्मघाती उपहार पाएको थियो । मियामीका मेसीले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको ३२औँ मिनेटमा लोंगावानको गोलमा माइनेसोटाले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा मार्कानिचाले घरेलु टिमको अग्रता दोब्बर बनाए । ४८औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को स्थितिमा ल्याएका थिए । तर, ६८औँ मिनेटमा मार्सेलो वेगान्टबाट आत्मघाती गोल हुँदा माइनेसोटाले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो । ७०औँ मिनेटमा रोबिनले गोल गरेपछि घरेलु टिमले ४–१ को सहज जित पक्का गरेको हो ।

जारी सिजन लिगमा मियामीको यो दोस्रो हार हो । माइनेसोटाको छैटौँ जित हो । १२ खेलबाट २२ अंक जोडेको माइनेसोटा एमएलएस वेस्टर्न कन्फेरेन्सको दोस्रो स्थानमा छ । मियामी ११ खेलबाट २१ अंकसहित इस्टर्न कन्फेरेन्सको चौथो स्थानमा झरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro