site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपालले कुनै पनि टिमलाई हराउन सक्ने क्षमता राख्छ’
Tiktok banner adTiktok banner ad

काठमाडौं । यू–२० महिला फुटबल टिमका प्रशिक्षक यमप्रसाद गुरुङले नेपाली टिम जुन सुकै टिमलाई हराउन सक्षम रहेको बताएका छन् ।

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमणमा रहेको नेपाली टिमका प्रशिक्षक गुरुङले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

“पहिलो चरणमा हासिल गरेको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ । नेपाल कुनै पनि टिमलाई हराउन सक्ने क्षमता राख्छ,’’ मंगलबार प्रतियोगिताको खेलमा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि नेपालका प्रशिक्षक गुरुङले भने, ‘‘हामी हरेक खेल जित्नकै लागि खैल्छौँ । फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरू प्रतिद्वन्द्वी छन् । तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।”

म्यानमारमा मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपालले घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले जुन ६ मा म्यानमारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । जुन ८ मा नेपालले चीनसँग र जुन १० चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

यसअघि, नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार साँझ ५Þः४५ बजे हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro