site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतमा बस दुर्घटना हुँदा १८ जना घाइते
Tiktok banner adTiktok banner ad

पोखरा । जिल्ला प्रहरी कार्यलय पर्वत परिसर अगाडि बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि छुटेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार साँझ मध्य पहाडी लोकमार्गको सडकछेउमै पल्टिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा परी ९ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये नागेन्द्र सुवेदी, लक्ष्मी सिरपाली, शर्मिला सिरपाली, शंकर परियार, कुमार विक, सिर्जना नेपाली र हर्कवीर थापामगरलाई पर्वत अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि पोखरा पठाइएको छ।

दुर्घटनामा परी पर्वतको जलजला गाउँपालिका–२, मल्लाजका २० वर्षीय शंकर परियार, मोदी गाउँपालिका–६ का ४८ वर्षीय चेतबहादुर जी.सी, म्याग्दीको मालिका गाउँपालिका–४, महभिरका २७ वर्षीय ओमबहादुर विक, पर्वतको कुश्मा नगरपालिका–४, भण्डारी टोलका आठ वर्षीय कार्तिक नेपाली, म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका २५ वर्षीय कुमार विक रहेका छन् ।

पर्वतको जलजला गाउँपालिका–४, मल्लाजकी २४ वर्षीया सिर्जना नेपाली, म्याग्दीको बेनी नगरपालिका–४, सुरकीमेलाका ४४ वर्षीय हर्कवीर थापामगर, पर्वतको जलजला गाउँपालिका–२, मल्ला जका २१ वर्षीय यशू बोहरा, म्याग्दीको मालिका गाउँपालिकाकी ३० वर्षीया शर्मिला सिरपाली, बालिका लक्ष्मी सिरपाली, म्याग्दीकै धौलागिरि गाउँपालिकाका ३१ वर्षीय नगेन्द्र सुबेदी, म्याग्दीकै मंगला गाउँपालिका–२, सिमलचौरका ३० वर्षीय प्रेम किसन पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विवरण संकलन भइरहेको ट्राफिक प्रहरीले बताएको छ।

विवरण प्राप्त नभइसकेका तथा विवरण खुलेकाहरूको पनि स्वास्थ्य परीक्षण भइरहेकोले अवस्था असामान्य रहेमा अरु घाइतेहरूलाई पनि थप उपचारको लागि पोखरा पठाउने पर्वत अस्पतालले बताएको छ।

बस दुर्घटना हुनुको कारण नखुलेको तर बसचालकलाई घटनालगत्तै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro