site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माइतीघरमा नाराबाजी– भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन

काठमाडौं । नेकपा (एमाले)सम्बद्ध २३ जनवर्गीय संगठनका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

सरकार पक्षबाट जनघात, राष्ट्रघात भएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

Argakhachi Cement Island Ad

fadsgmd1685960894.jpg

प्रदर्शनकारीले ‘राष्ट्रघात अक्षम्य अपराध’, ‘असंवैधानिक नागरिकता विधेयक खारेज गर’, ‘भैँसीसँग मुलुक बेच्न पाइँदैन’, ‘भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त नारासहित विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्