site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसद पन्तको नियमापत्ति

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैँले सोधेको प्रश्नमा जवाफ दिन रोक्दै नियमापत्ति गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकको प्रक्रिया गलत भएको भन्दै सांसद पन्तले प्रश्न गरेका थिए । उनीसँगै धेरैजना सांसदले संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप गरिएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसको जवाफ दिन प्रधानमन्त्री रोष्ट्रममा उभिएपछि एमालेकै सांसद सूर्य थापाले संसद्मा विचाराधीन विधेयक निष्क्रिय हुने गलत तर्क गरिएको भन्दै खेद प्रकट गरेका थिए ।

दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक संसद्मा विचाराधीन हुँदैन भन्ने प्रधानमन्त्रीको तर्कपछि एमाले सांसद पन्तले पुनः नियमापत्ति गरे । उनले सरकारले निर्णय गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेका विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा ‘सबजुडिस’ हुन्छ भन्दै प्रधानमन्त्रीले बोल्न नमिल्ने तर्क गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्