site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
साउदीले जुलाईमा दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने
फाइल तस्बिर : एएफपी ।

काठमाडौं । साउदी अरेबियाले आउँदो जुलाईमा प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन घटाउने भएको छ ।

विश्वका प्रमुख तेल उत्पादक देशहरूको गठबन्धन ओपेक प्लसले तेलको मूल्यमा गिरावट र आपूर्तिमा अवरोधको सामना गरिरहेका बेला साउदीले यस्तो निर्णय गरेको हो ।

Dabur Nepal
NIC Asia

ओपेक प्लसका सदस्यहरूले अघिल्लो दुईपटक गरेको तेल उत्पादन कटौतीले समेत मूल्य बढाउन नसकेपछि साउदीले जुलाईमा उत्पादन कटौती गर्न लागेको हो ।

ओपेक प्लस रुसको नेतृत्वमा रहेको पेट्रोलियम पदार्थको निर्यात गर्ने देशहरूको संगठन हो । भियनास्थित मुख्यालयमा भएको सात घण्टाको वार्तापछि यी देशहरू सन् २०२४ को अन्त्यमा प्रतिदिन १४ लाख ब्यारेल तेल उत्पादन कटौती गर्न सहमत भएका छन् ।

ओपेक प्लसले विश्वको कुल ४० प्रतिशत तेल उत्पादन गर्छ । त्यसैले यसले विश्वको तेल बजारमा मूल्य तलमाथि गर्ने सामर्थ्य राख्छ ।

गत वर्ष ओपेक प्लसले प्रतिदिन २० लाख ब्यारेल तेल कटौती गरेको थियो । त्यो विश्वको मागको करिब २ प्रतिशत हुन्छ । गएको मेदेखि यसले प्रतिदिन १६ लाख ब्यारेल तेल उत्पादन कटौती गरेको थियो ।

पश्चिमा राष्ट्रहरूले ओपेकमाथि तेलको मूल्यमा खेलबाड गरी विश्व अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाउँदै आएका छन् । अलजजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro