site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेहोस पर्वतारोहीलाई बचाउन सगरमाथाको चुचुरो नजिकैबाट फर्किए चिनियाँ आरोही

काठमाडौं । सगरमाथाको चुचुरोमा पुग्ने आफ्नो सपनाको बलिदान दिँदै बेहोस भएका अर्का आरोहीलाई बचाउने दुई चिनियाँ पर्वतारोहीको प्रशंसा भएको छ । सगरमाथाको शिखरबाट ४०० मिटर मात्रै टाढाको दुरीबाट उनीहरु अर्का आरोहीको उद्वार गर्न आरोहण त्यागी फर्किएका हुन् ।

दक्षिणी चीनको हुनान प्रान्तका फ्यान जियाङताओ र झी रुक्सियाङलाई प्रान्तीय खेलकुद संघले आरोहीलाई बचाएकोमा विज्ञप्तिमार्फत प्रशंसा गरेको छ ।

मे १८ को राति फ्यान र उनका शेर्पा गाइड करिब आठ हजार ५०० मिटरको उचाइमा पुग्दा उनीहरूले एक महिला आरोहीलाई भूइँमा अचेत अवस्थामा लडिरहेको भेट्टाएका थिए । ती महिलामा जीवित रहेको सामान्य संकेत थिए ।

Dabur Nepal
NIC Asia

ती महिलाको अक्सिजन सकिएको थियो र उनी चिसोले काँप्दै थिइन् । उनको दायाँ हातको पञ्जासमेत हराएको अवस्थामा हात हिउँले खाएर कालो भएको थियो । फ्यानले तुरुन्तै महिलालाई जीवित राख्न प्रयास गर्न थालेको र शिखर चढ्ने सोच नै रोकिएको बताएका छन् ।

“मेरो गाइडले मलाई धेरैपटक के म साँच्चै शिखर आरोहण छोड्न चाहन्छु भनेर सोधे । मैले उनलाई भनेँ– हो, मेरो लक्ष्य जीवन बचाउने हो,” फ्यानले भने ।

फ्यानले आफूसँग भएको अक्सिजन महिलाको अक्सिजन सिलिन्डरमा पनि हाले र उनको मुटुलाई चालमा ल्याउन प्रयास गरे । त्यसपछि उनलाई तातो पानी पिउन मद्दत गरे र उनलाई चिनी र चकलेट दिए ।

ती महिला पूर्ण रूपमा होशमा आएपछि फ्यान र उनको गाइडले महिलालाई तल झर्न मद्दत गरे । सो ठाउँको ढलान निकै उकालो भएकाले उनीहरुलाई २०० मिटर तल ओर्लन दुई घण्टा लाग्यो र महिला फेरि बेहोस भइन् ।

फ्यानले ढिलो हुँदा निराश महसुस गरेको र महिलालाई पहाडबाट तल ल्याउने प्रयासबाट आफू थकित भएको भन्दै पीडा महसुस गर्न थालेको बताएका छन् ।

“त्यो उचाइमा पानीको बोतल समातेर पनि थकित महसुस हुन्छ,” उनले भने, “किनभने, मेरो गाइड र म हाम्रो शारीरिक क्षमताको सीमापार पुगिसकेका थियौँ । हामीले उनलाई अब सार्न सकेनौँ । मैले उनलाई त्यहीँ बस्न छोडेर मद्दत खोज्न जानुपरेको थियो ।”

केही समय नबित्दै उनले अर्को पर्वतारोही झीलाई भेटे । फ्यानले मान्छे बचाउन चाहेको भनेपछि उनले पनि आफ्नो शिखर चुम्ने सपना त्यागे र उनको जीवन बचाउनतर्फ लाग्न तयार भए ।

“उनी बाँच्ने वा मर्ने कुरामा फरक पर्दैन, हामीले उनलाई हाम्रो आधार शिविरमा पुर्‍याउन सक्दो प्रयास गर्नुपर्छ,” झीले आफ्नो गाइडलाई भने, “उनी अहिले जीवित छिन् । यदि हामीले उनलाई बचाउन सकेनौँ भने उनी पक्कै मर्ने छिन् । यदि हामीले मद्दत गर्यौँ भने उनी बाँच्नेछिन् ।”

फ्यान, झी र दुवैका गाइडले ती महिलालाई आठ हजार मिटरको उचाइमा रहेको आधार शिविरमा पुर्‍याए । ती महिला बाँचेको र केही दिनमै निको भएको बताइएको छ ।

फ्यानले उद्धारको सबैभन्दा कठिन हिस्सा आफ्नो जीवनको सपना त्याग्नु भएको बताएका छन् । उनले भने, “हामी शिखरमा पुग्न सकेनौँ । तर, एक व्यक्तिको जीवन बचाउनु शिखरमा पुग्नुभन्दा धेरै मूल्यवान छ ।”

झीले थपे, “सगरमाथाको चुचुरोमा पुग्नु हाम्रो सपना हो । तर, यसलाई जीवनसँग तुलना गर्न सकिँदैन ।”

‘उनीहरू सगरमाथाको शिखरमा पुगेनन् । तर उनीहरू मानवताको शिखरमा पुगे’ भन्दै अहिले यी चिनियाँ नागरिकको प्रशंसा भइरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro