site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थुनछेक बहसका लागि रायमाझी, खाँणसहित १८ अभियुक्त जिल्ला अदालतमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहसका लागि अभियुक्तहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आइतबार बिहान उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

थुनछेक बहसका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ अभियुक्तलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान लिएपछि आजदेखि थुनछेक बहस हुँदै छ ।

थुनछेक बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि जेलमा पठाउने/नपठाउने भन्ने बारेमा अदालतबाट आदेश हुनेछ ।

dafkmg1685859852.jpg

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष रायमाझी, खाँणसहित निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत १८ अभियुक्तको बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरारसहित ३० जनाविरुद्ध यही जेठ १० गते २७ करोड ५० लाख रुपैयाँ बिगो माग–दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro