site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २६१ पुग्यो, ९०० भन्दा बढी घाइते

उडिशा । उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीनवटा रेल एकापसमा ठोक्किएर शुक्रबार बेलुका भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ । ९०० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छ ।

Dabur Nepal
NIC Asia

शुक्रबार बेलुका ७ बजे बालासोर जिल्लाको बहानागा बजार स्टेसनमा बैंग्लोर–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमन्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई रेलका १७ डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका थिए । क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव आफैँ पुनःस्थापनाको निरीक्षणमा छन् । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशकले घाइते यात्रुको उपचारको निगरानी गरिरहेका छन् । अन्य सबै वरिष्ठ सरकारी अधिकारीले अस्पतालहरूमा घाइते यात्रुको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।

दुर्घटनास्थलमा औषधिलगायत प्यारामेडिकल स्टाफसहित १०० भन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान २०० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।

उडिशा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बंगालका यात्रुलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुर्घटनास्थलनजिक ३० बस तयारी अवस्थामा राखिएको छ ।

घाइतेहरूलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro