काठमाडौं । राष्ट्रिय पशुपन्छी अधिकार दिवसको अवसरमा पशुपन्छीको संरक्षणमा जोड दिइएको छ । हरेक वर्ष दुई अर्बभन्दा धेरै पशुपंछी मारिने गरेको भन्दै पशुपन्छीको अधिकारमा ध्यान दिन आग्रह गरिएको छ ।
मानव जातिको शान्ति, न्याय तथा समान अधिकारका आवाज उठाउने गरिए पनि हरेक दिन हरेक दिन ५० करोडभन्दा धेरै पशुपन्छीको हत्या हुने गरेको आवर प्लानेट देयरस टुले जनाएको छ ।
हरेक वर्ष दुई अर्बभन्दा बढी जल तथा जमिनमा बस्ने जनावरलाई खाना, लुगा, कस्मेटिक, औषधि, श्रम तथा मनोरन्जनका लागि मारिने गरेको तथ्यांक छ ।
२०११ देखि राष्ट्रिय पशुपन्छी अधिकार दिवस हरेक वर्ष जुन महिनामा मनाइन्छ । दिवसमा मानवका हातबाट अघिलो वर्षमा मारिएका जनावरको लागि श्रद्धान्जली दिइन्छ । दिवसमा मानवमाबाट भविष्यमा हुने उनीहरूको स्वतन्त्रताका लागि उत्सवसमेत मनाउने गरिएको छ ।
यो भयानक अवस्थालाई कसरी परिवर्तन गर्ने भनेर शिक्षा दिनु आजको आवश्यकता रहेको आवर प्लोनेट देयरस टुले जनाएको छ ।