site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा विभागीय जिम्मेवारी उपाध्यक्षलाई, ३२ विभागमध्ये कसलाई कुन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्षहरुको कार्यविभाजन गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी उपाध्यक्षहरुलाई जिम्मेवारी तोकेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षले साझा नीति बनाउने, सरकारलाई दबाब दिने काम पनि गर्नेछन् । “विभागको संयोजन गरेर साझा नीति बनाउने, सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दिने, विज्ञसँग परामर्श गर्ने काम गर्नुहुनेछ,” ज्ञवालीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

ज्ञवालीका अनुसार योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । पूर्वाधार र विकाससँग जोडिएको विभागको संयोजन उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नेछन् ।

कृषि उद्यमशीलतासँग जोडिएको विभागको नेतृत्व उपाध्यक्ष रामबहादुर थापालाई दिइएको छ । सामाजिक विकाससम्बन्धी विभागको संयोजनको जिम्मेवारी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाएकी छन् ।

Global Ime bank

मानवस्रोतसँग जोडिएका विभागको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवालीले पाएका छन् ।

सुशासन र सेवा प्रवाहसँग जोडिएको विभागको संयोजन उपाध्यक्ष सुवास नेम्वाङले गर्नेछन् । संगठन, पशिक्षण र प्रशासनसँग जोडिएको विभागको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय