राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकले निर्णय गरेअनुसार वार्षिक कार्ययोजना पारितसँगै केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गर्नेछ ।
वैशाख २८–३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले ग्रासरुट अभियान जस्तै अभियान वर्षभरी चलाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्यलाई फरक भूगोलमा पठाउने निर्णय गरेको थियो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गर्ने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्