देश
काठमाडौं । काठमाडौं क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको छ ।
महानगरभित्रका ३२ वटै वडाका वृद्धभत्ता प्राप्त नागरिकहरूलाई सबै सेवा निःशुल्क प्रदान गरिने अस्पताल व्यवस्थापक समीर बज्राचार्यले जानकारी दिए ।
काठमाडौं महानगर र अस्पतालबीच भएको सम्झौतापछि सो सेवा सुरु गरिएको हो । सेवा पाउनका लागि सम्बन्धित वडा कार्यालयबाट प्राप्त वृद्धभत्ता परिचय पत्र/कर्मचारी परिचय पत्र/वडा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्