site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
४७ जिल्लाका सातसय जनामा डेंगी, नियन्त्रणका लागि सबै स्थानीय तहलाई परिपत्र 

काठमाडौं । पछिल्लो पाँच महिनामा देशभर सातसय जनामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता मे अन्तिमसम्म ४७ जिल्लाका सातसय जनामा संक्रमण पुष्टि भएको हो ।
 
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार काठमाडौं उपत्याकामा संक्रमितका संख्या निकै न्यून छ । दार्चुलामा सबैभन्दा बढी छ । काठमाडौंमा ३० जना र भक्तपुरमा १५ जिल्लामा डेंगी देखिएको छ ।
 
गतवर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ–आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको डा. दाहालले बताए । वर्ष २०२२ मा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो भने संक्रमणका कारण ८८ जनाको मृत्यु भएको थियो । यसवर्ष सरकारले डेंगी फैलिन नदिन हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट डेंगीविरुद्धको अभियान चलाउन सबैमा आह्वान गरेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro