site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानीकर्ताले दुई दिनमै गुमाए एक खर्ब बढीको सम्पत्ति

काठमाडौं । अर्थमन्त्री डा‍ प्रकाशरण महतको कर नीतिले लगानीकर्ताले दुईदिनमा एक खर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् ।

बजेट अगाडि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पुँजीकरण २८ खर्ब २७ अर्ब थियो । सोमबारको सेयर कारोबारपछि बजार पुँजीकरण २७ खर्बभन्दा तल झरेको छ । यसरी महतको नीतिले सेयर बढ्ने आशामा रहेका लगानीकर्तालाई बजेटले झन घाटा बढाउने काम गरेको देखिएको छ ।

सोमबार नेप्से परिसूचक ३८.८३ अंकले घटेको छ ।

सेयर बजार घट्नुको पछाडि अर्थमन्त्री महतले बजेटमा लिएको कर नीति प्रमुख कारक हो । महतले बजेटमा समेटेको सेयर बजारमा पुँजीगत लाभकरले बजामा अन्योल हुने वातावरण बनाएका छन् ।

अहिले सेयर बजारमा दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत र अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत लाभकर लाग्छ । मन्त्री महतले सेयर बजारबाट हुने आम्दानीलाई तलब खाने व्यक्तिले तिर्नुपर्ने दरअनुसार तिर्नुपर्ने नीति लिएका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले नियमअनुसार कर नीति ल्याएको र घाटा हुनेलाई सम्बोधन हुने यसअघि बाह्रखरीसँग बताएका थिए ।

लगानीकर्ताले २०७६/७७ र २०७७/७८ मा सेयर बजारबाट निकै फाइदा कमाएका थिए । त्यसपछि भने सेयर बजार ओरालो लागेको छ । त्यसबेला सेयर बेच्दा नै लाभकर तिरिसकेकालाई पनि बजेटले ६ लाखभन्दा बढी फाइदा भएको भए पुनः कर लगाउने नीति लिएको छ ।

यस्तै, महतले एफपीओ प्रिमियम, मर्जर र एक्विजिसनमा आउने प्रिमियमबाट बोनस सेयर दिएको भए कर तिराउने नीति लिएको छ । जसले गर्दा लगानीकर्ता आत्तिएको कारण सेयर बजारमा प्रभाव परेको छ ।

सोमबार सेयर बजारमा दुई अर्ब ३१ करोडको कारोबार भएको छ । नेप्से परिसूचक १८४९ अंकमा झरेको छ ।

महतले करमा लिएको नीति परिवर्तन नभएसम्म बजार ओरालो लाग्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताको तीनवटा संगठनले सोमबार विज्ञप्ति निकालेर कर नीति परिवर्तन गर्न आह्वान समेत गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro