राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरुको कार्याविभाजन र आगामी कार्यक्रमहरुको कार्ययोजना तयार गर्ने जानकारी दिए ।
“सचिवालय बैठक यही जेठ १९ गते बस्दै छ । बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित हुन्छ,” उनले बाह्रखरीसँग भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुन्छ ।”
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्