site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविको सांसद पदविरुद्धको रिटको सुनुवाइ स्थगित
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ स्थगित भएको छ । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको भए पनि उक्त रिट दैनिक पेसी सूचीबाट हटाइएको छ ।

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो । 

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि बुधबार रिट दर्ता भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro