राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि हुने भारतको औपचारिक भ्रमणबारे जानकारी गराए । उक्त भेटमा परराष्ट्र सचिव भरतराज पौडेल समेत सहभागी थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्