site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ, सहरी विकास र खेलकुदमा बढ्दा बाँकी मन्त्रालयमा बजेट कटौती, कुनमा कति रकम विनियोजन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रकम विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा ४२ अर्ब ५२ करोड रकम घटेको छ । अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार संसद्मा बजेट पेस गर्दै उक्त जानकारी गराएका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रतिशत) रहेको छ भने वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड (१७ दशमलव ५५ प्रतिशत) छ ।

Dabur Nepal
NIC Asia

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलव ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलव ३७ प्रतिशतले बढी हो ।

सरकारले मन्त्रालयगत बजेटमा अधिकांश मन्त्रालयको लागि विनियोजन गरेको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा कटौती गरेको छ । आगामी आवका लागि सहरी विकास मन्त्रालय, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेट मात्रै बढेको छ ।

यस्तो छ आगामी आर्थिक वर्षका लागि विनियोजित मन्त्रालयगत बजेट

शिक्षा मन्त्रालय

आगामी आर्थिक वर्षको लागि सबैभन्दा धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । शिक्षाका लागि रु एक खर्ब ९७ अर्ब २९ करोड ५५ लाख रकम विनियोजन भएको छ । 

उक्त मन्त्रालयमा चालु आर्थिक वर्षको लागि एक खर्ब ९९ अर्ब ३९ करोड रकम विनियोजन भएको थियो । आगामी आवका लागि चालु आर्थिक वर्षको तुलनामा दुई अर्ब १० करोड रुपैयाँ कम विनियोजन भएको हो ।

गृह मन्त्रालय

दोस्रो स्थानमा रहेको गृह मन्त्रालयका लागि रु एक खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख बराबरको बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयको लागि एक  खर्ब ८५ अर्ब ९४ करोड रकम विनियोजन गरेको थियो ।

यस मन्त्रालयमा चालु आर्थिक वर्षको तुलनामा आठ अर्ब २२ करोड ५३ लाख रकम घटेको छ ।

पूर्वाधार मन्त्रालय

आगामी आर्थिक वर्षको लागि तेस्रो बढी रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि विनियोजन भएको छ । जसमा रु एक खर्ब ३४ अर्ब ३९ करोड ९६ लाख रकम विनियोजन भएको छ । 

चालु आर्थिक वर्षको लागि उक्त मन्त्रालयमा एक खर्ब ७६ अर्ब ३३ करोड विनियोजन गरिएको थियो । आगामी आवका लागि विनियोजित रकम चालु आर्थिक वर्षको तुलनामा ४१ अर्ब ९३ करोड २० लाख कम हो ।

ऊर्जा मन्त्रालय

आगामी आर्थिक वर्षको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि रु ८७ अर्ब ४५ करोड चार लाख बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा उक्त मन्त्रालयमा एक खर्ब आठ अर्ब ६१ करोड रकम विनियोजन गरिएको थियो । आगामी आवमा चालु आर्थिक वर्षको तुलनामा २१ अर्ब १६ करोड कम विनियोजन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रु ८३ अर्ब ९९ करोड १८ लाख रकम विनियोजन भएको छ । 

स्वास्थ्यमा चालु आर्थिक वर्षको लागि एक खर्ब तीन अर्ब बजेट रहेको छ । आगामी आवमा चालु आर्थिक वर्षको तुलनामा १९ अर्ब कम बजेट परेको छ । 

सहरी विकास मन्त्रालय

आगामी आर्थिक वर्षको लागि सहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड ५५ लाख रकम विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा उक्त मन्त्रालयको लागि ५५ अर्ब एक करोड विनियोजन भएको थियो । आगामी आवका लागि चालु आर्थिक वर्षको तुलनामा ११ अर्ब १६ करोड ६५ लाख रकम बढी विनियोजन भएको हो ।

कृषि मन्त्रालय

आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड २१ लाख रकम विनियोजन भएको छ ।

उक्त मन्त्रालयमा चालु आर्थिक वर्षमा ५९ अर्ब ८९ करोड बजेट रहेको छ । आगामी आवका लागि कृषिमा चालु आर्थिक वर्षको तुलनामा ९० करोड ७९ लाख रकम घटेको छ । 

रक्षा मन्त्रालय

त्यस्तै, आगामी आर्थिक वर्षको लागि रक्षा मन्त्रालयमा रु ५८ अर्ब ८४ करोड ४६ लाख रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षको लागि उक्त मन्त्रालयमा ५५ अर्ब तीन करोड बजेट रहेको छ । 

आगामी आवका लागि रक्षामा चालु आर्थिक वर्षको तुलनामा तीन अर्ब ८१ करोड ४६ लाख बजेट घटेको छ ।

अर्थ मन्त्रालय

आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयका लागि रु ४७ अर्ब २७ करोड ६५ लाख विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयका लागि ४१ अर्ब ६६ करोड बजेट रहेको छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा पाँच अर्ब ६१ करोड ६५ लाख बढी हो ।

खानेपानी मन्त्रालय

आगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयका लागि २८ अर्ब १५ करोड ५६ लाख रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयको लागि ३७ अर्ब ४५ करोड बजेट रहेको छ । आगामी आवमा खानेपानीमा चालु आर्थिक वर्षको तुलनामा नौ अर्ब २९ करोड ४० लाख बजेट घटेको छ ।

वन मन्त्रालय

आगामी आर्थिक वर्षको लागि वन तथा वातावरण मन्त्रालयका लागि रु १५ अर्ब ५५ करोड ८७ लाख रकम विनियोजन गरेको छ । उक्त मन्त्रालयमा चालु आर्थिक वर्षमा १६ अर्ब १३ करोड बजेट रहेको छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा पाँच करोड ७१ लाख कम हो ।

पर्यटन मन्त्रालय

आगामी आर्थिक वर्षको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि रु ११ अर्ब ९६ करोड २६ लाख रकम विनियोजन भएको छ । उक्त मन्त्रालयको लागि चालु आर्थिक वर्षमा २१ अर्ब १३ करोड बजेट रहेको छ । आगामी आवका लागि पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा नौ अर्ब १७ करोड कम बजेट पाएको छ ।

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालय

आगामी आर्थिक वर्षको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि रु नौ अर्ब ९६ करोड ६२ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको लागि उक्त मन्त्रालयमा ३६ अर्ब ९९ करोड बजेट छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा २७ अर्ब कम हो ।

उद्योग मन्त्रालय

आगामी आर्थिक वर्षको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु नौ अर्ब ४५ करोड ९६ लाख रकम विनियोजन भएको छ । उक्त मन्त्रालयमा चालु आर्थिक वर्षको लागि १३ अर्ब आठ करोड बजेट रहेको छ । आगामी आवका लागि उद्योग मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा चार अर्ब ३४ करोड कम बजेट पाएको छ ।

सञ्चार मन्त्रालय

आगामी आर्थिक वर्षको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रु आठ अर्ब ७१ करोड ६७ लाख रकम विनियोजन भएको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयमा नौ अर्ब आठ करोड बजेट छ । आगामी आवका लागि विनियोविजत बजेट चालु आर्थिक वर्षको तुलनामा ३६ करोड ३३ लाख कम हो ।

श्रम, रोजगार मन्त्रालय

आगामी आर्थिक वर्षको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड २७ लाख बजेट विनियोजन गरिएको छ । उक्त मन्त्रालयमा चालु आर्थिक वर्षको लागि नौ अर्ब १२ करोड रकम विनियोजन गरेको थियो । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनमा ८५ करोड कम हो ।

भूमि मन्त्रालय

आगामी आर्थिक वर्षको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि रु सात अर्ब २४ करोड ६६ लाख विनियोजन गरेको छ । चालु आर्थिक वर्षको लागि उक्त मन्त्रालयमा सात अर्ब २१ करोड बजेट छ । आगामी आवका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा तीन करोड ६६ लाख कम हो ।

परराष्ट्र मन्त्रालय

आगामी आर्थिक वर्षको लागि परराष्ट्र मन्त्रालयका लागि रु ६ अर्ब दुई करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । उक्त मन्त्रालयको लागि पाँच अर्ब ८३ करोड रकम विनियोजन गरेको छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा १९ करोड ५७ लाख कम हो ।

युवा तथा खेलकुद मन्त्रालय

आगामी आर्थिक वर्षको लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ८७ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयको लागि दुई अर्ब ४६ करोड विनियोजन गरेको थियो । आगामी आवका लागि छुट्याइएको रकम चालु आर्थिक वर्षको तुलनामा ४१ करोड ५९ लाख बढी हो ।

महिला, बालबालिका मन्त्रालय

आगामी आर्थिक वर्षको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रु एक अर्ब ५७ करोड ६२ लाख रकम बजेट परेको छ । चालु आर्थिक वर्ष उक्त मन्त्रालयको लागि एक अर्ब ७८ करोड रकम छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा २० करोड ३८ लाख कम हो ।

कानुन मन्त्रालय

आगामी आर्थिक वर्षको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयमा ८८ करोड ६७ लाख बजेट छ । आगामी आवका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा ११ करोड ११ लाख बजेट घटेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro