site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी, माल्दिभ्सका पर्यटनमन्त्रीले गरे उद्घाटन

पोखरा । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरु भएको छ । पोखरा ग्रान्ड होटलमा सुरु भएको प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रिवन काटेर उद्घाटन गरे । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले प्रदर्शनीमा फोटो पत्रकारहरुले खिचेका उत्कृष्ट फोटोहरू देखेर निक्कै खुसी लागेको बताए । उनले भने, “म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ ।”

पर्यटन प्रवर्द्धनमा फोटोले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले नेपालका आकर्षक ठाउँहरुको फोटो अवलोकन गर्ने अवसर दिएकोमा आयोजक एनएफपीजेलाई धन्यवाद दिए । एनएफपिजेले मन्त्री मौसुमलाई मायाको चिनो स्वरुप फोटो बुक पनि प्रदान गरेको छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एसियाका विभिन्न विशिष्ट व्यक्तिहरुले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । (पाटा)सँगको सहकार्यमा आज मंगलबारदेखि सुरु प्रदर्शनी शुक्रबारसम्म ४ दिन चल्नेछ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए । प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दा बढी फोटो राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro