विदेश
काठमाडौं । अमेरिकाका अर्बपति उद्यमी एलन मस्क चीनको राजधानी बेइजिङ पुगेका छन् । मंगलबार उनले त्यहाँ चिनियाँ विदेशमन्त्री छिन गाङसँग भेटवार्ता गरेका छन् ।
तीन वर्षयता मस्कले पहिलोपटक चीनको भ्रमण गरेका हुन् । मंगलबार त्यहाँ पुगेका उनले चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने बताइएको थियो ।
मस्क आफ्नै निजी जेटमा बेइजिङ पुगेको बताइएको छ । यसअघि, उनी सन् २०२० मा सांघाईमा रहेको टेस्ला विद्युतीय कार कम्पनीको उत्पादन प्लान्टमा पुगेका थिए ।
चीन र अमेरिकाबीच तनावपूर्ण कूटनीतिक सम्बन्ध छ । तर, ठूला अमेरिकी कम्पनी र उद्यमी चीनसँग सम्बन्धित छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १६:५१
प्रतिक्रिया दिनुहोस्