site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुद्दा लेखनमा च्याटजीपीटीको प्रयोग गरेपछि... 
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकामा वादीले एउटा मुद्दा लेखनका क्रममा एआई टुल्स च्याटजीपीटीको प्रयोग गरेको घटना सार्वजनिक भएको छ ।

रोबर्ट माटाले एभियान्का एयरलाइन्सविरुद्ध एक मुद्दा दायर गरेका थिए । सन् २०१९ मा एयरलाइन्सको लापरबाहीका कारण उडानका क्रममा उनी फलाममा ठोक्किएर घाइते भएका थिए । सोही विषयमा एयरलाइन्सबाट क्षतिपूर्ति भराउन माग गर्दै उनले मुद्दा दायर गरे ।

Dabur Nepal
NIC Asia

‘लेविडो, लेविडो र ओबरम्यान’ नामक फर्मका कानुन व्यवसायी स्टिभन ए स्वार्टजले माटाको यो मुद्दा हेरेका थिए ।

एयरलाइन्सले उक्त मुद्दा हदम्यादको कारण देखाउँदै माटाको माग खारेज गर्न माग गरेको थियो । स्वार्टजले भने करिब एक दर्जन मुद्दामा स्थापित नजिरहरू उल्लेख गर्दै आफ्नो पक्षको मुद्दा अदालतबाट हेरिनुपर्ने माग गरेका थिए । स्वार्टजले उल्लेख गरेका ती नजिरहरू न्यायाधीश र विपक्षीका कानुन व्यवसायीले फेला नपारेको बताएका थिए ।

सुनुवाइका क्रममा न्यायाधीशले उल्लिखित नजिर फेला नपारेको बताए । त्यसपछि स्वार्टजले ती नजिरहरू आफूले च्याटजीपीटीको सहयोगबाट प्राप्त गरेको बताए ।

स्वार्टजले इजलासमा न्यायाधीशसँग माफी माग्दै आफूले यसरी कानुनी लिखतमा पहिलोपटक च्याटजीपीटीको प्रयोग गरेको बताएका थिए । उक्त मुद्दाको अर्को पेसी आउँदो जुन ६ तारिखका लागि तोकिएको छ । न्युयोक टाइम्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro